द ग्रेट हिमालयन ओडिसीः लद्दाखमा बजाज डोमिनारको पहिलो मोटरसाइकल यात्रा नक्सालको बाइकर्स क्याफेबाट फ्ल्याग–अफ

The Great Himalayan Odyssey
Share It On:

१ कात्तिक, काठमाडौं ।

बजाज डोमिनार ४०० राइडरहरुको ९ जनाको टोली लद्दाखको २० दिने यात्रामा निस्किएको छ । यो टोली ५,८८३ मिटर (१९,३०० फीट) उचाइमा रहेको विश्वको सबैभन्दा अग्लो मोटरेवल सडक उम्लिङ लाको भ्रमणमा निस्किएको हो ।

The Great Himalayan Odyssey

“द ग्रेट हिमालयन ओडिसी” नाम दिइएको यो विशाल मोटरसाइकल यात्राले ६,००० किलोमिटर भन्दा बढीको दूरी पुरा गर्नेछ । बजाज डोमिनार ४०० को यो लद्दाख यात्रा हिजो बिहान नक्सालस्थित बाइकर्स क्याफेबाट सुरु भएको हो ।

यो अभियान देशको मोटरसाइकल संस्कृतिमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित को साथै मोटरसाइकल राईडरहरु र मोटरसाइकल दुवैको सहनशीलता र लचिलोपनको प्रमाण हुने कम्पनीले विश्वास लिएको छ ।

बजाज मोटरसाइकलका मार्केटिङ हेड अमित राज चालिसेले आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभयोः “हाम्रा बजाज डोमिनार राइडरहरूले यो ठूलो चुनौतीको सामना गरेको देखेर हामी धेरै खुसी भएका छौं ।

विश्वको सबैभन्दा अग्लो मोटरेवल सडकबाट पुग्न सकिने उम्लिङ लामा पुग्नु डोमिनार ४०० को स्थायित्व र यी सवारहरूको साहस र आत्मवलको प्रशंसा गर्नैपर्छ । हामी टोलीलाई उनीहरूका मोटरसाइकलप्रति विश्वास राख्न र सीमाहरू पार गर्दै यो क्रस–कंट्री साहसिक कार्य सफल बनाउनको लागि शुभकामना व्यक्त गर्न चाहन्छौँ ।

यस अभियानको नेतृत्व टोलीका कप्तान मनिष देवकोटाले गरेका छन्, जसले आफ्नो भावना यसरी बाँडे, “उम्लिङ ला पुग्नु धेरै राइडरहरूको लागि सपना थियो र यो हाम्रो सपना आखिरमा साकार हुँदैछ ।

हामी अगाडि आउने चुनौतीहरूको लागि तयार छौं र हाम्रो डोमिनार मोटरसाइकल र हाम्रो सवारी कौशलमा हामीलाई पूर्ण विश्वास छ । यो केवल एक यात्रा मात्र होइन, साहस र जोशको बयान पनि हो । यहाँहरू सबैको अटल समर्थन र प्रोत्साहनको लागि धन्यवाद छ ।”

यो अभियान बजाज डोमिनार ४०० मोटरसाइकलको पराक्रम र नेपाली सवारहरूको दृढ सङ्कल्पको शक्तिशाली प्रदर्शन हो । यो हिमालयको चुनौतिपूर्ण भू–भाग हुँदै विश्वको सबैभन्दा अग्लो मोटरेवल सडक पुग्न सकिने स्थान सम्मको यात्रा सहनशीलता, सीप र साहसिक कार्यको प्रेरणादायी कार्य हुनेछ ।

द ग्रेट हिमालयन ओडिसी यही १५ अक्टोबर २०२४ मा सुरु भएको छ र यसले नेपालको सम्पूर्ण मोटरसाइकल समुदायलाई गौरव प्रदान गर्ने वाचा गर्दछ ।

For more: The Great Himalayan Odyssey Epic


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts