९ असार, काठमाडौं ।
ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ ।
Thamel Plaza Hotel IPO
कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १९ गते विशेष साधारण सभा डाकेको हो । उक्त सभा होटलकै सभाकक्षमा बिहान १० बजे आयोजना हुनेछ ।
उक्त सभामा सर्वसाधारणलाई छुट्टाइएको आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिनुका साथै हकप्रद सेयर जारी गर्ने, यस सम्बन्धमा नियमनकारी निकायबाट कुनै प्रकारको संशोधन,फेरबदल वा थपघट गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र कम्पनीको नाममा खरिद गरेको जग्गाको जानकारी र सोको अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित गत चैत ९ गते १२ औं वार्षिक साधारण सभा डाकेको थियो ।
यसका साथै स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली परिमार्जन गर्ने र अन्य विविध विषयहरूमा समेत छलफल हुने जनाइएको छ ।
कम्पनीले आगामी असार २७ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ, जसका आधारमा सेयरधनीले सभामा सहभागी हुने अधिकार प्राप्त गर्नेछन् ।
ठमेल प्लाजाले आईपीओ निष्काशन गर्न लाग्नु कम्पनीको पुँजी विस्तार, पारदर्शिता अभिवृद्धि र लगानीकर्ता सहभागिता सुनिश्चित गर्ने रणनीतिक कदमका रूपमा हेरिएको छ । सेयरधनीहरूले बैठकमा प्रत्यक्ष वा प्रतिनिधि खटाएर सहभागी हुन सक्नेछन् ।
For More:-Thamel Plaza Hotel IPO