३० घण्टाको ट्रेनिङपछि विद्यार्थीले बनाए ७० स्टल, टेक्सास एक्जिव्युसन सुरु
२४ मंसिर, काठमाडौं ।
टेक्सास इन्टरनेशनल कलेजमा बहुप्रतिक्षित ‘टेक्सास साइन्स एण्ड आइटी एक्जिव्युसन २०८२’ को भव्य शुभारम्भ भएको छ । बुधबारदेखि सुरु भएको यो एक्जिव्युसन आगामी तीन दिनसम्म सञ्चालन हुने कलेज प्रशासनले जनाएको छ ।
नवप्रवर्तनको प्रदर्शन
एक्जिव्युसनको मुख्य आकर्षणको रूपमा रहेका सम्पूर्ण आइओटी (IoT) र रोबोटिक्सका प्रोजेक्टहरू कलेजमा BIT र BCA मा अध्ययनरत प्रथम वर्षका प्रथम सेमेसटरका विद्यार्थीहरूले तयार पारेका हुन् ।
कलेजका अनुसार, विद्यार्थीहरूले ३० घण्टाको विशेष प्रोफेसनल ट्रेनिङ लिएपछि यी सिर्जनात्मक प्रोजेक्टहरूलाई मूर्त रूप दिएका हुन् ।
कार्यक्रमको उद्घाटन पनि अत्यन्तै विशेष ढङ्गले गरिएको थियो । विद्यार्थीहरूले स्वयम् तयार पारेको ड्रोनमार्फत पुष्पवृष्टी गराएर एक्जिव्युसनको औपचारिक सुरुवात गरिएको थियो ।
उत्साहजनक अवलोकन र आकर्षणहरू
यस तीन दिने प्रदर्शनीमा करिब १५ हजार विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको छ । शुरुवाती दिनमा नै ४ हजारभन्दा धेरै विद्यार्थीले अवलोकन गरिसकेको र साँझसम्म उत्साहजनक सहभागिता कायम रहने आयोजकले बताएको छ ।
एक्जिव्युसनमा विद्यार्थी तथा आगन्तुकका लागि ७० भन्दा बढी स्टलहरू समावेश गरिएका छन्, जसमा निम्न आकर्षणहरू छन्:
आइटी प्रोजेक्टहरू: विद्यार्थीहरूको नवप्रवर्तन झल्काउने रोबोटिक्स र आइओटीमा आधारित प्रोजेक्टहरू।
गेम जोन: मनोरञ्जनका लागि विभिन्न खेलहरू।
फुड स्टल: BHM का विद्यार्थीहरूद्वारा सञ्चालित स्वादिष्ट फुड स्टलहरू।
सकर बोर्ड: फुटबल खेलको आधुनिक प्रस्तुति ।
नेतृत्वको प्रतिबद्धता
कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले विद्यार्थीमा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्न यस्ता एक्जिव्युसनहरू विगतका वर्षमा पनि निरन्तर हुँदै आएको र आगामी वर्षहरूमा पनि यसले निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, कलेजका कार्यकारी अध्यक्ष भेषराज पोखरेलले विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूको सिर्जना र प्रयासको प्रशंसा गरे ।
उनले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिँदै अगाडि बढ्न सुझाव दिनुका साथै एक्जिव्युसनको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गरे।
For more: Texas Science IT Exhibition 2082




