आजदेखि मंसिर २६ सम्म: टेक्सास कलेजको आइटी एक्स्पोमा हेर्नुहोस् रोबोटिक्स र १००+ नवीनतम नेपाली प्रोजेक्ट
२४ मंसिर, काठमाडौं ।
मित्रपार्क चाबहिलमा अवस्थित टेक्सास इन्टरनेसनल कलेजले आज (बुधबार, २०८२ मंसिर २४ गते) बाट तीनदिने ‘टेक्सास साइन्स एन्ड आइटी एक्जिबिसन–२०८२’ को औपचारिक उद्घाटन गरेको छ। यो उत्सव मंसिर २६ गते (डिसेम्बर १२, २०२५) सम्म सञ्चालन हुनेछ।
कलेजले नवप्रवर्तन, रचनात्मकता र प्राविधिक उत्कृष्टता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको यस प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका १०० भन्दा बढी रोचक तथा उपयोगी परियोजनाहरू समावेश गरिएका छन्।
मुख्य आकर्षणमा IoT र रोबोटिक्स
प्रदर्शनीको केन्द्रीय आकर्षणका रूपमा IoT (Internet of Things) र रोबोटिक्सतर्फका ३८ वटा अत्याधुनिक परियोजनाहरू रहेका छन्। यी परियोजनाहरूले विशेष गरी स्थानीय र वास्तविक विश्वका समस्याहरूलाई समाधान गर्ने प्रयास गरेका छन्।
प्रमुख परियोजनाहरू
स्वास्थ्य तथा सुरक्षा: Smart Door Lock Security System, जीवन बचाउन सक्ने First Aid Drone, र अपाङ्गता भएकाहरूका लागि उपयोगी Motion Controlled Smart Wheelchair।
वातावरण संरक्षण: Eco-Smart Bus Stop, Water Pollution Detecting Bot, र Air Quality Monitoring System।
प्रविधि: Humanoid Robot, Self-Balancing Robot, र Fire Fighting Bot जस्ता आधुनिक रोबोटहरू पनि समावेश छन्।
साइबर सुरक्षातर्फ “Phishing Attack: Credentials Harvesting” र सफ्टवेयरतर्फ शैक्षिक परियोजना “Learn-Z: Modern Learning Application” जस्ता डेमोहरूले आजको डिजिटल युगका चुनौतीहरूलाई उजागर गरेका छन्।
विद्यार्थीका लागि ठूलो प्लेटफर्म
कलेजका विजनेश डेभलपमेन्ट डाइरेक्टर नारायण प्रसाद पोखरेलका अनुसार यो एक्जिबिसन विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानलाई स्थानीय चुनौतीहरू जस्तै: दिगो विकास, स्वास्थ्य, सुरक्षा र डिजिटल साक्षरतासँग जोडेर बनाएका समाधानहरूको ठूलो प्लेटफर्म हो।
कलेज प्रमुख श्याम सुन्दर श्रेष्ठले प्रदर्शनीले STEM (Science, Technology, Engineering & Mathematics) क्षेत्रमा विद्यार्थीहरूको नवीन सोचलाई प्रोत्साहन गर्दै नेपालको भावी पुस्तामा प्रविधिप्रति रुचि जगाउने र समस्या समाधानको क्षमता विकास गर्ने महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
प्रवेश निःशुल्क
यो तीनदिने कार्यक्रम सर्वसाधारणका लागि पूर्ण रूपमा निःशुल्क तथा खुला रहेको छ। इच्छुक व्यक्तिहरूले आजदेखि मंसिर २६ गतेसम्म (बिहान १० बजेदेखि साँझ ६ बजेसम्म) टेक्सास इन्टरनेसनल कलेज, मित्रपार्क, चाबहिलमा अवलोकन गर्न सक्नेछन्।
For more: TEXAS IT EXHIBITION 2082



