टेलिनेट र सेल्सफोर्सको साझेदारीले नेपाली व्यवसायको डिजिटल रूपान्तरण तिव्र बनाउने
१ पुस, काठमाडौं ।
नेपालको प्रविधि तथा सञ्चार क्षेत्रका अग्रणी संस्थामध्ये एक, रमेश कर्प समूह अन्तर्गतको टेलिनेट प्रा.लि. ले विश्वकै अग्रणी Customer Relationship Management (CRM) प्लेटफर्म सेल्सफोर्स (Salesforce) सँग सहकार्य गर्दै नेपाली उद्योग तथा व्यवसायहरूको डिजिटल रूपान्तरणलाई तिव्र बनाउने भएको छ ।
यस सहकार्यबाट नेपाली व्यवसायहरूले विश्वस्तरीय सेल्सफोर्स प्लेटफर्मसँगै स्थानीय स्तरमै परामर्श, कार्यान्वयन तथा समर्थन सेवा प्राप्त गर्नेछन् । टेलिनेट प्रा.लि. नेपालका लागि सेल्सफोर्सको स्थानीय इम्प्लिमेन्टेशन तथा सपोर्ट पार्टनरको रूपमा रहनेछ ।
यस साझेदारीमार्फत नेपालका व्यवसायहरूले सेल्सफोर्सका प्रमुख समाधानहरू सेल्स क्लाउड, स्ल्याक (Slack) र टेबलो (Tableau) लगायतका टुलहरू सजिलै अपनाउन सक्नेछन् । यसले व्यवसाय सञ्चालनलाई आधुनिक, प्रभावकारी र डेटा–आधारित बनाउने अपेक्षा गरिएको छ ।
डिजिटल समाधानबाट व्यवसायलाई बहुआयामिक लाभ
सेल्सफोर्सका समाधानहरूले व्यवसायलाई स्मार्ट वृद्धि, उन्नत सहकार्य र डेटा–आधारित निर्णय क्षमतामा सशक्त बनाउनेछन् ।
सेल्स क्लाउड ले बिक्री टिमलाई ग्राहकसम्बन्धी सम्पूर्ण जानकारी एउटै प्लेटफर्ममा उपलब्ध गराउँदै छिटो निर्णय लिन सहयोग गर्छ । दोहोरिने काम कम भई बिक्री प्रक्रिया प्रभावकारी बन्छ भने एआई–आधारित सुझावमार्फत व्यवसाय वृद्धिमा सहयोग पुग्छ ।
स्ल्याक ले संगठनभित्रका टिमहरूलाई वास्तविक समयमा जोड्दै सहकार्यलाई सहज बनाउँछ । कार्यालयभित्र वा बाहिर जहाँ भए पनि, सन्देश, फाइल र मिटिङ एउटै प्लेटफर्मबाट व्यवस्थापन गर्न सकिने हुँदा कार्यप्रवाह स्वचालित र प्रभावकारी हुन्छ ।
टेबलो ले जटिल डाटालाई चार्ट, ग्राफ र ड्यासबोर्डमार्फत सरल रूपमा प्रस्तुत गर्छ । यसले व्यवसायलाई प्रदर्शन मूल्याङ्कन, ग्राहक प्रवृत्ति विश्लेषण र सुधारका क्षेत्र पहिचान गर्न मद्दत पुर्याउँछ ।
नेतृत्वका भनाइ
सेल्सफोर्सका प्रवक्ता प्रवर गौतमले भने, “टेलिनेटसँगको सहकार्यबाट नेपालमा हाम्रो उपस्थिति विस्तार गर्न पाउँदा हामी उत्साहित छौँ । एजेण्टिक एआईको युगमा नेपाली व्यवसायहरूले डिजिटल रूपान्तरणलाई गति दिइरहेका छन्, र हामी उनीहरूलाई उत्कृष्ट ग्राहक अनुभव, उच्च उत्पादकता र दिगो वृद्धि हासिल गर्न सहयोग गर्न प्रतिबद्ध छौँ ।”
त्यसैगरी, टेलिनेट प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत नवाँकुर सूदले भने,
“वर्षौँदेखि विश्वस्तरीय डिजिटल उपकरणहरूको प्रयोग नेपाली व्यवसायका लागि चुनौतीपूर्ण थियो । अब यो अवस्था परिवर्तन हुँदैछ । टेलिनेट नेपालमा सेल्सफोर्सको अग्रमोर्चामा उभिँदै स्थानीय विशेषज्ञता, समर्पित प्रशिक्षण र पूर्ण रूपमा अनुकूलित समाधान उपलब्ध गराउँदैछ । एआई–आधारित विश्लेषणदेखि सहज सहकार्यसम्म, हामी व्यवसायहरूको दिगो वृद्धि सुनिश्चित गर्ने सम्पूर्ण क्षमता प्रदान गर्दैछौँ ।”
प्रारम्भिक चरणमै लक्षित सेवा
सेल्सफोर्स र टेलिनेटले प्रारम्भिक चरणमा बैंकिङ, वित्त, दूरसञ्चार तथा अन्य प्रमुख आर्थिक क्षेत्रलाई लक्षित गर्दै परामर्श, प्रशिक्षण र छिटो कार्यान्वयन सेवा प्रदान गर्नेछन् । यसबाट व्यवसायहरूले छिटो अपनत्व र मापनयोग्य व्यावसायिक परिणाम प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
टेलिनेट प्रा.लि.को परिचय
रमेश कर्प अन्तर्गतको टेलिनेट प्रा.लि. सन् २००९ देखि नेपाली व्यवसायहरूको प्रवृद्धि र नवप्रवर्तनलाई सशक्त बनाउँदै आएको अग्रणी प्रविधि तथा सञ्चार सेवा प्रदायक हो । १६ वर्षको अनुभवसहित, टेलिनेटले च्याटबोट तथा कल सेन्टर अटोमेशन, टेलिकम अपरेटरहरूका लागि मूल्यवर्धित सेवाहरू प्रदान गर्दै आएको छ ।
हुवावे (Huawei) तथा अलीबाबा क्लाउड (Alibaba Cloud) का विश्वसनीय साझेदारका रूपमा टेलिनेटले क्लाउड माइग्रेशन, समाधान डिजाइन, स्थानीय समर्थन तथा लचिलो डिप्लोयमेन्ट सेवा उपलब्ध गराउँदै आएको छ । साथै, कम्पनी वेब तथा मोबाइल एप विकास र अनुकूलित डिजिटल समाधानमा पनि दक्ष छ ।
टेलिनेटको सह–सम्बद्ध संस्था Tele Digital Services Pvt.Ltd. (नेपालमा Google र Meta को आधिकारिक पार्टनर) मार्फत Google Ads, Google Workspace, Meta Ads तथा WhatsApp Business API जस्ता प्लेटफर्महरू उपलब्ध गराउँदै नेपाली व्यवसायहरूको डिजिटल मार्केटिङ तथा सञ्चार क्षमतामा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
For more: Telenet Partners with Salesforce



