दूरसञ्चार र इन्टरनेट सेवा निरन्तरता दिन निर्देशन

Telecom and Internet Services Continue
Share It On:

१२ असोज, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र इन्टरनेट सेवा प्रदायकलाई आफ्नो सेवा प्रभावकारी ढंगले निरन्तरता दिन निर्देशन दिएको छ।

Telecom and Internet Services Continue Despite

देशभर भइरहेको अविरल वर्षाका कारण सञ्चार पूर्वाधार क्षेत्रमा भएको क्षतिलाई ध्यानमा राख्दै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा बसेको बैठकले यो निर्देशन जारी गरेको हो।

बैठकमा सेवाको निरन्तरतामा कुनै समस्या आएमा वा अन्य निकायसँग समन्वय गर्नुपर्ने अवस्थामा नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मन्त्रालयलाई जानकारी गराउन भनिएको छ।

साथै, नेपाल सरकारले विपद् प्रतिकार्य, उद्धार तथा राहत सम्बन्धी निर्णयलाई प्रभावकारी र नियमित रुपमा प्रचारप्रसार गर्न र जनतालाई समयमै सूचित गराउन मन्त्रालयले निर्णय गरेको छ।

बैठकमा मन्त्रालयका सचिव राधिका अर्याल, सूचना प्रविधि विज्ञ डा. शालिग्राम पराजुली, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी, रेडियो नेपालका कार्यकारी निर्देशक अम्मरध्वज लामा, एनसेलका सिआरओ विशालमणि उपाध्याय, र इस्पानका प्रमुख कार्यकारी अधिकृत सुवास खड्कालगायतको सहभागिता थियो।

For more: Telecom and Internet Services Continue Despite Heavy Rainfall in Nepal


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *