कम्प्युटर एसोसिएसन महासंघ चितवनको अध्यक्षमा भुसाल
१८ मंसिर २०७९, काठमाडौं।
कम्युटर एशोसियसन नेपाल महासंंघ, (क्यान) चितवनको अधयक्षमा टेकलाल भुषाल चयन हुनुभएको छ। क्यान चितवनको आज शनिबार भरतपुरमा भएको १७ औं साधारणसभा तथा ८ औं अधिवेशनले भुषाललाई सर्वसम्मत चयन गरेको हो ।
एशोसियनको उपाध्यक्षमा दिलिपकुमार तामाङ्ग, कोषाध्यक्षमा रुपक नेपाल,सचिवमा कृष्ण पोख्रेल र सहसचिवमा अनिता भुषाल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा विनोद सापकोटा, असिम ढुंगाना, प्रदिप महत्तो, तारानाथ बराल, लक्ष्मी रिमाल पौडेल, अजय गौतम र लीलानाथ भुषाल चयन हुनुभएको हो ।
क्यानका केन्द्रिय सदस्य भानु शर्माले सूचना प्रविधि व्यवस्थित र व्यवसायिक बन्नुपर्नेमा जोड दिनुभयो । व्यवसायी बीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको भन्दै शर्माले व्यवसायीहरुमा एकता र मुल्यमा एकरुपता हुनुपर्ने बताउनु भयो ।
क्यानले हार्डवेयर क्षेत्रको साथै कम्युटर सफ्टवेयर र नेटवर्किङ्ग क्षेत्रलाई पनि समेट्दै लग्नु पर्ने बताउनु भयो । चितवन सबै क्षेत्रको हब भएको हुंँदा सूचना प्रविधिको हब बनाउनु पर्ने उहांँको धारणा थियो ।