सफ्टवारिका कलेजमा ‘टेक एक्स एलिभेट २०२५’ भोली बाट शुरु: रोबोटिक्स, एआई प्रोजेक्ट र रोजगार मेला

TechX Elevate 2025
Share It On:

३१ असार, काठमाडौं ।

भोली बाट शुरु हुने प्रतिष्ठित ‘टेक एक्स : एलिभेट २०२५’ प्रविधि उत्सवको तेस्रो संस्करण सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्सको परिसरमा आयोजना हुँदैछ।

यही असार ३२ गतेबाट सुरु भई ४ दिनसम्म चल्ने यो कार्यक्रम प्रविधिप्रेमी विद्यार्थी, स्टार्टअप र आईटी उद्योगका लागि एक महत्त्वपूर्ण प्लेटफर्म बन्नेछ।

प्रविधि प्रदर्शनीमा रोबोटिक्स र एआईको दबदबा

यस वर्षको ‘टेक एक्स : एलिभेट २०२५’ मा २० भन्दा बढी रोबोटिक्स र एआई–आधारित प्रोजेक्टहरू प्रदर्शन गरिनेछन्। कलेजका वर्तमान र पूर्व विद्यार्थीहरूद्वारा विकसित गरिएका यी परियोजनाहरूले नवीनतम प्रविधि र सिर्जनात्मकताको झलक प्रस्तुत गर्नेछन्।

साथै, २० भन्दा बढी स्टार्टअपहरूले आफ्ना नवीन विचार, उत्पादन र व्यावसायिक मोडेलहरू प्रस्तुत गर्ने अवसर पाउनेछन्, जसले उद्यमशीलतालाई प्रोत्साहन गर्नेछ।

हजारौं रोजगारीका अवसरसहित रोजगार मेला

प्रविधि उत्सवको मुख्य आकर्षणमध्ये एक दुई दिने रोजगार मेला पनि रहनेछ। २५ भन्दा बढी प्रतिष्ठित आईटी कम्पनीहरूको सहभागिता रहने यस मेलामा विद्यार्थीहरूले हजारौं रोजगारीका अवसरहरूमा प्रत्यक्ष पहुँच पाउनेछन्।

स्नातकदेखि स्नातकोत्तर तहका आईटी विद्यार्थीहरूका लागि यो एक सुनौलो अवसर हुने अपेक्षा गरिएको छ, जहाँ उनीहरूले सम्भावित रोजगारदाताहरूसँग सीधा कुराकानी गर्न सक्नेछन्।

सिर्जनशीलता र उद्यमशीलताको संगम

आयोजकका अनुसार ‘टेक एक्स : एलिभेट’ ले प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूका लागि सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलता अभिव्यक्तिको एक उत्कृष्ट प्लेटफर्मको रूपमा आफूलाई स्थापित गरिसकेको छ।

यसको तेस्रो संस्करण अझ व्यापक, नवीन र प्रेरणादायी हुने विश्वास गरिएको छ। यस कार्यक्रममा भविष्यका टेक लिडरहरू, रोजगारी खोज्दै गरेका आईटी विद्यार्थीहरू, नवप्रवर्तनशील सोच भएका स्टार्टअप फाउन्डरहरू, लगानीकर्ता, मेन्टर, उद्यम सहयोगकर्ता, मिडिया, शिक्षक तथा इन्फ्लुencer हरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।

यस कार्यक्रमले नेपाली प्रविधि क्षेत्रमा नयाँ उचाइ थप्ने र युवा प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने मञ्च प्रदान गर्नेछ।

For more: TechX Elevate 2082


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *