Technology implementation in Tribhuvan International Airport Started

Technology Implementation in TIA
Share It On:

२१ चैत २०७७, काठमाडौं ।

Tribhuvan International Airport को विगत ९ वर्ष देखि सँचालनमा रहेको SITA Systems को सुचना प्रविधि प्रणाली त्रि.अ.वि को काउन्टर चेक सिस्टम APRIL 1 देखि विस्थापित हुने भएको छ । अत्याधुनिक सुचना प्रणाली ARINC, Collins Aerospace ले प्रदान गर्नेछ । उक्त कम्पनी ICB खरिद प्रणाली बाट छनोटमा परेको जानकारी CUPPS Project, नागरिक उड्डयन प्राधिकरणका संयोजक रिनु मुल ले जानकारी गराउनु भएको छ ।

SITA को CUTE विस्थापित भई सँचालनमा आएको ARINC cMUSE  प्रणाली विश्वका धेरै मुलुक हरु जस्तै लण्डन को हिथ्रो विमानस्थल, दिल्ली विमानस्थल, Incheon Airport, Korea ,Newzealand को Amsterdam तथा जापान को धेरै जस्तो Airportहरुले प्रयोग गर्दै आएको जानकारी ने.वा.नि,  त्रि.अ.वि का आई.टि इन्जिनियर आभाष स्वांर बताउनुहुन्छ ।

Common Use Passenger Processing System (CUPPS) एक अत्याधुनिक वायोमेट्रिकमा आधारित Passenger processing एकिकृत सुचना प्रणाली हो जसबाट त्रि.अ.वि मा सँचालन (IN BOUND/OUT BOUND) हुने प्रत्येक Airline हरुको Counter Check-In, Boarding Pass वितरण तथा Baggage Tag  यसै प्रणालीबाट प्रिन्ट हुनेछन ।

यो परियोजना अन्तरगत को Common Use Self Service (CUSS) को लागि ३ वटा KIOSKS विभिन्न स्थानमा राखिएका छन जसको सहयोगबाट Passenger स्वयमले Boarding Pass Issue गर्न सक्नेछन ।

 त्रि.अ.वि को भुमिस्थ सेवा प्रदायक नेपाल वायुसेवा निगम रहेकोले प्रत्येक Airlines को Check-In Counterमा निगमका कर्मचारीले उक्त प्रणाली मार्फत Passenger हरुलाई सेवा प्रदान गर्नेछन ।

CAPEX (Capital Expenditure ) Modality मा नागिरक उड्डयन प्राधिकरणले सँचालनमा ल्याएको यो प्रणाली प्रयोग गरे वापत हरेक वायुसेवा कम्पनिहरुले तोकिएको मासिक रकम प्राधिकरणलाई बुझाउनेछन भने उक्त सिस्टम को Technical Support पनि प्राधिकरण ले नै प्रदान गर्नेछ । सो कार्य सँग सम्बन्धित कम्प्युटर उपकरण तथा Boarding Pass, Baggage Tag Printer पनि ARINC ले नै प्रदान गरेको छ।

निकट भविष्यमा नै सन्चालनमा आउने गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थलमा पनि ARINC cMUSE  प्रणाली बाट नै Counter Checkin सुविधा प्रदान गरिने यस परियोजना कार्यन्वयन प्रमुख रिनु मुल ले जानकारी गराउनु भएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *