१२ मंसिर, काठमाडौँ।
ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा ‘टीबीसी करिअर फेस्ट– २०२४’ सम्पन्न भएको छ । सोमबार र मंगलबार थापाथलीस्थित कलेज परिसरमा ‘ग्रोथ सेलर्स’सँगको सहकार्यमा करिअर फेस्ट सम्पन्न भएको हो ।
TBC Career Fest 2024 Concludes
कलेजका विद्यार्थीहरुमात्रै नभई स्थानीय प्रतिभाहरुलाई अवसर प्रदान गर्ने उदेश्यले आयोजना भएको कार्यक्रममा ७५ भन्दा बढी प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको थियो ।
सहभागी कम्पनीहरुले १ हजार ७०० भन्दा बढी विधार्थीहरुसँग ‘जब इन्टरभ्यू’ लिएका थिए । उनीहरुमध्ये १ हजार १४० जना विद्यार्थी बिभिन्न ७४ वटा कलेजका विद्यार्थीहरु रहेका थिए ।
कार्यक्रमको औपचारिक सुरुवात ब्रिटिस कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्र राज कँडेलले ज्यूले स्वागत मन्तब्य राख्दै गर्नुभएको थियो । त्यसपछि प्रतिष्ठित कम्पनीका प्रतिनिधिहरुले सहभागीहरुलाई बिभिन्न सेसनहरुमार्फ व्यावहारिक जानकारी समेत प्रदान गर्नुभएको थियो ।
यसैक्रममा एसियन पेन्ट्स नेपालका हेड अफ ह्युमन रिसोर्स श्याम कृष्णनले प्रविधिले रोजगारको क्षेत्रमा पारेको प्रभावबारे आफ्ना धारणाहरु राख्नुभएको थियो । आईएमई ग्रुपका निर्देशक निशान ढकालले भने करियर निर्माणको लागि व्यावहारिक सुझावहरू प्रदान गर्नुभयो ।
कार्यक्रमको दोस्रो दिन प्लान इन्टरनेशनल नेपालको एचआर म्यानेजर प्रशंसा सुवेदीले ‘रोजगारीको पहुँच विस्तार र अवसरलाई नेपालमा कसरी प्रवर्धन गर्ने’ शीर्षकमा आफ्ना भनाईहरु राख्नुभएको थियो । सुवेदीले रोजगारीको क्षेत्रमा रहेका समस्या उजागर गर्दै समाधानका उपायहरु समेत प्रस्तुत गर्नुभयो ।
‘नेपालमा भविष्यको रोजगारः र एआईले रोजगारी ट्रेण्डलाई कसरी पुनःआकार दिँदैछ’ विषयको प्यानल छलफलमा ग्लोबल आईएमई बैंकका उप–कार्यकारी निर्देशक सुमन पोखरेल, क्लाउड फ्याक्ट्रीका कन्ट्री म्यानेजर प्रशान्त पोखरेल र लोटस होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत अजीत शाह सहभागी हुनु भएको थियो ।
ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याक्रुडेनले प्रविधिको सदूपयोग गरेर नेपालमा नै अवसर सिर्जना गर्नुपर्ने कुरामा जोड दिनुभयो । एआईले मानिसको काम नखोसेको बरु एआईको प्रयोगबाट उत्पादन क्षमता बढाउन सकिने धारणा राख्नुभयो ।
‘टीबीसी करियर फेस्ट– २०२४’ नेपालका उत्कृष्ट प्रतिभाहरु देशमै राख्ने र उनीहरुलाई देशभित्रै वृद्धि र विकासको अवसर प्रदान गर्ने मञ्च भएको उहाँको भनाई छ । प्यानल डिस्कसनको संचालन भने ग्रोथ सेलर्सकी सीओओ रचिका करण्जितले गर्नुभएको थियो ।
सहभागी रोजगारदाताहरूले ब्रिटिस कलेजको करिअर फेस्टको गुणस्तर र यसले विस्तार गरेको पहुँचको खुलेर प्रशंसा गरेका छन् । नेपालमा रिक्रुटमेन्टको नयाँ मापदण्ड स्थापीत गर्न कलेजको भूमिका अहम् रहेको सहभागी कम्पनीहरुको प्रतिक्रिया छ ।
त्यस्तै, अवसरको खोजीमा रहेकाहरुले पनि सकारात्मक प्रतिक्रिया दिँदै आफूहरुको सम्भावनालाई सहि आकार दिन फेस्ट फलदायी भएको बताए । ‘टीबीसी करिअर फेस्ट– २०२४’ स्थानीय अवसरहरूको प्रवर्द्धन, रोजगारी बजारका चुनौतीहरूको समाधान, र आगामी पुस्ताका प्रोफेशनलहरुलाई प्रेरित गर्न महत्वपूर्ण कदमका रूपमा खडा भएको कलेजको विश्वास छ ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सहभागी कम्पनीहरू, वक्ताहरू, प्यानलिस्टहरु र उपस्थित सबैप्रति द ब्रिटिस कलेज आभार व्यक्त गर्दछ ।
For more: TBC Career Fest 2024 Concludes