टाटा पन्च ईभी चार शहरमा भव्यताका साथ लन्च

Tata Punch EV Nepal Launch
Share It On:

२ असोज, काठमाडौं । 

नेपालमा बहुप्रतिक्षित टाटाको पन्च ईभी चितवन, पोखरा, बुटवल, र भैरहवामा भव्यताका साथ लन्च भएको छ। विद्युतीय कम्प्याक्ट एसयूभी पन्च ईभी यी चार शहरमा एकैसाथ औपचारिक रूपमा लन्च गरिएको सिप्रदीले जनाएको छ।

Tata Punch EV Nepal Launched

पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजन बाबु श्रेष्ठ र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति उपस्थित थिए। भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेश प्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको सहभागिता थियो। यस्तै, चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने सहभागी थिए।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै सिप्रदीका सीईओ श्रेष्ठले नाडा अटो शोमा टाटा पन्च ईभीले प्राप्त गरेको उच्च माग र बुकिङबारे जानकारी गराए। गाडीको बिक्रीसँगै इभीको इकोसिस्टमलाई सुदृढ गर्न कम्पनीले ध्यान दिइरहेको उनले बताए।

भैरहवा–बुटवलको कार्यक्रममा बोल्दै सीओओ राजेश प्रसाद गिरीले गाडी बिक्रीसँगै ग्राहकहरूलाई उत्कृष्ट बित्रीपछिको सेवा दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा गाडी बुक गरेका ग्राहकहरूलाई टाटा पन्च ईभी हस्तान्तरण गरिएको थियो। गाडी प्राप्त गर्दै धेरै ग्राहकले उत्साह व्यक्त गरेका थिए।

टाटा पन्च ईभीको प्रारम्भिक मूल्य रु. ३३ लाख ९९ हजार तोकिएको छ। यसमा भ्वाइस असिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, छ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो/एप्पल कारप्ले जस्ता विशेष सुविधा उपलब्ध छन्। गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमी रहेको छ भने यसले ५ स्टार सेफ्टी रेटिङ पाएको छ।

For more: Tata Punch EV Nepal Launched


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *