टी–२० विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा: सन्दीप लामिछाने समेटिए, शाहब आलम बाहिरिए
१७ असोज २०८२, काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी टी-२० विश्वकप छनोट खेलका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय अन्तिम नेपाली टोलीको घोषणा गरेको छ। यो टोलीले ओमानमा हुने विश्वकप छनोट प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछ।
सन्दीप लामिछानेको ‘कमब्याक’
टोलीमा अनुभवी स्पिनर सन्दीप लामिछानेको समावेश प्रमुख आकर्षण बनेको छ। सन्दीपले यसअघि यूएईमा भएको वेस्ट इन्डिजसँगको टी-२० सिरिजका क्रममा अनुशासनको कारबाही भोगेका थिए।
कारबाहीमा परेका भए पनि उनलाई क्यानले विश्वकप छनोटका लागि अन्तिम टोलीमा समेट्ने निर्णय गरेको हो।
यता, वेस्ट इन्डिज सिरिजमा रहेका अलराउन्डर शाहब आलमलाई भने मुख्य प्रशिक्षक स्टुआर्ट लले १५ सदस्यीय टोलीबाट बाहिर राखेका छन्।
छनोट प्रतियोगिता ओमानमा
टी-२० विश्वकप छनोट प्रतियोगिता ओमानमा आयोजना हुँदैछ। यो महत्त्वपूर्ण प्रतियोगिता ८ अक्टोबर (२२ असोज) बाट सुरु हुनेछ। नेपाली टोलीको मुख्य लक्ष्य यस छनोटबाट टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नु रहेको छ।
नेपाली टोली (१५ सदस्यीय)
क्यानले घोषणा गरेको अन्तिम १५ सदस्यीय टोलीमा निम्न खेलाडीहरू रहेका छन्:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आशिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मोहम्मद आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुल्सन झा, लोकेश बम
For more: T20 World Cup Qualifier