सुजुकीको नयाँ एसेस १२५ BS6 OBD-2B नेपाली बजारमा सार्वजनिक
१० चैत, काठमाडौँ।
भारतीय बजारमा सर्वाधिक रुचाइएको सुजुकी एसेस १२५ को नयाँ संस्करण नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक भएको छ।
सुजुकीले आफ्नो नवीनतम ‘एसेस १२५ BS6 OBD-2B’ मोडललाई नेपालभरका सबै अधिकृत डिलरशिपहरूमा उपलब्ध गराएको हो। उत्कृष्ट कार्यक्षमता, आधुनिक उत्सर्जन मापदण्ड र आकर्षक रङहरूको संयोजनसहित आएको यो स्कुटरले नेपाली स्कुटर बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास लिइएको छ।
यस नयाँ संस्करणमा १२४ सिसीको एयर-कुल्ड, फ्युल इन्जेक्सन (FI) प्रविधि जडित सिंगल-सिलिन्डर BS6 इन्जिन प्रयोग गरिएको छ। यो इन्जिनले हालको सबैभन्दा कडा उत्सर्जन नियम ‘अन-बोर्ड डायग्नोस्टिक’ (OBD-2B) मापदण्डको पूर्ण पालना गर्दछ।
यसले ८.७ bhp पावर र १०.२ Nm टर्क उत्पादन गर्ने क्षमता राख्छ, जसले गर्दा नेपालको शहरी सडक र राजमार्ग दुवैमा चालकलाई सहज र शक्तिसाली सवारी अनुभव प्रदान गर्नेछ।
कम्पनीले यस स्कुटरलाई पाँचवटा आकर्षक रङहरूमा उपलब्ध गराएको छ, जसमा सोलिड आइस ग्रीन, पर्ल शाइनी वेज, मेटालिक म्याट स्टेलर ब्लु, पर्ल ग्रेस ह्वाइट र मेटालिक म्याट ब्ल्याक रहेका छन्। १०६ किलोग्राम तौल रहेको यस स्कुटरमा ५.३ लिटरको इन्धन ट्याङ्की जडान गरिएको छ भने यसमा इलेक्ट्रिक र किक स्टार्ट दुवै सुविधा उपलब्ध छन्।
लामो समयदेखि भारतको १२५ सिसी सेग्मेन्टमा आफ्नो बलियो पकड जमाएको सुजुकी एसेस यसको आरामदायी बनावट र भरपर्दो प्रदर्शनका लागि प्रख्यात छ। इच्छुक ग्राहकहरूले आफ्नो नजिकैको सुजुकी शोरूममा गएर स्कुटरको मूल्य विवरण बुझ्न, टेस्ट राइड गर्न र आफ्नो रोजाइको रङ छान्न सक्ने कम्पनीले जनाएको छ।
For More:-Suzuki Access 125 Nepal


