ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी, बैंकिङ क्षेत्रमा ३५ वर्ष लामो अनुभव

Surendraraj Regmi CEO
Share It On:

१० साउन काठमाडौं ।

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।

बैंक संचालक समितिको साउन १० गते बसेको बैठकले २०८१ भदौ १ गतेदेखि लागू हुने गरी रेग्मीलाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रेग्मी हाल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

रेग्मीले वेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका थिए । उनी बैंकिङ क्षेत्रमा एक अब्बल बैंकरको रुपमा चिनिन्छन् ।

यस्तै, बैठकले स्वतन्त्र संचालक पदमा भागिरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts