कपाल र आत्मविश्वासको उत्सव मनाउँन सन्सिल्कले ल्याएको छ “सन्सिल्क भाइब्स” अभियान

Sunsilk Vibes Campaign
Share It On:

१५ असोज, काठमाडौं । 

बिगत तीन वर्षदेखि सफल भइरहेको सन्सिल्क दशैँ भाइब्स अभियानको सफलतालाई अघि बढाउँदै, सन्सिल्कले अब यस अभियानलाई नयाँ Sunsilk Vibes को रूपमा प्रस्तुत गरेको छ।

यो अभियानअसोज ११ देखि सुरु भई मङ्गसिर सम्म चल्नेछ, जहाँ सहभागीहरूले केवल दशैँको उत्सवका क्षणहरू नभइ दैनिक जीवनका तिनै पलहरू पनि समेट्न सक्नेछन्, जसले सन्सिल्कको सारलाई झल्काउँछ। यसले सहभागीहरूलाई आफ्नो विशेष क्षणहरू—चाडपर्व होस् या दैनिकी—सामाजिक सञ्जालमा सेयर गर्न आमन्त्रण गर्छ, जहाँ कपाल मुख्य आकर्षणको रूपमा हुनेछ ।

नेपालभरका सहभागीहरूले आफ्नो “माई हेयर, माई भाइब्स” क्षणहरू  सामाजिक सञ्जालमा साझेदारी गर्दै आफ्ना अनौठा सन्सिल्क स्टाइल र भाइब्स देखाएर यस प्रतिस्पर्धामा भाग लिन सक्छन्। साथै, उनीहरूले सन्सिल्क ग्याङ अफ गर्ल्सको अर्को संस्करणमा पनि सहभागी हुन सक्छन् ।

यस अभियानको सुरुवात एउटा उत्साही गीतबाट गरिएको छ रयो गीतसँगै प्रिन्सी र प्रिस्मा, साथै गत वर्षको सन्सिल्क ग्याङ अफ गर्ल्स प्रतिस्पर्धाका विजेता सुस्मिता बन्जारा, सजिना खनाल, र विजया प्रधानजस्ता लोकप्रिय इन्फ्लुएनसरहरुले आफ्नो भाइब्स देखाउँछन्, जहाँ रमाइलो, बोल्ड, स्लीक, चाडपर्वमय र आकर्षक कपालका शैलीहरू प्रस्तुत गरिएको छ।

सन्सिल्क भाइब्सले यी सबै क्षणहरूको सार समेट्छ, किनकि भाइब्स हरेक दिन, हरेक ठाउँमा हुन्छन् ।

प्रतिस्पर्धामा भाग लिनका लागि, सन्सिल्क भाइब्सको गीतमा आधारित टिकटक भिडियो वा इन्स्टाग्राम/फेसबुक रिल्स बनायी आफ्नो सन्सिल्क स्टाइल र व्यक्तित्व देखाउनु पर्नेछ।

यस अभियानको उद्देश्य युवतीहरूलाई आफ्नै शैली र व्यक्तित्व अँगाल्न प्रेरित गर्नु हो, जसले उनीहरूलाई नेपालभरका युवतीहरूको लागि प्रेरणाको स्रोत बनाउन मद्दत पुर्‍याउँछ। सन्सिल्क भाइब्स ले प्रत्येक दिनका साधारण क्षणहरूमा पनि उत्सव देखाउँछ, जहाँ कपालको सौन्दर्यले युवतीहरूको आत्मविश्वास झल्काउँछ।

*यस प्रतियोगितामा सहभागी हुँदा, सहभागीले आयोजकका नियम तथा सर्तहरू र सामग्री जहाँ अपलोड वा साझा गरिन्छ ती सामाजिक सञ्जाल प्लेटफर्महरूको नियमहरूलाई अविचलित रूपमा स्वीकार गरेको मानिनेछ।

For more: Sunsilk Vibes Campaign 2081


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *