सन नेपाल लाइफका सीईओ पक्राउ, आईपीओमा किर्ते गरेको आरोप
१६ चैत, काठमाडौँ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो ।
सिइओ अर्यालले कर्मचारीका लागि छुट्ट्याइएको आईपीओ सेयरमा किर्ते गरी ठूलो परिमाणमा आफ्नो कब्जामा पारेको अरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको बताईएको छ ।
उनले किर्ते गरेको विषय बाहिर आएपछि धितोपत्र बोर्डले कर्मचारीको सेयर पुन: बाँडफाँट गर्न समेत निर्देशन दिएको थियो।उनले कर्मचारीहरूको नाममा नक्कली फारम भर्ने, हस्ताक्षर किर्ते गर्ने र कर्मचारीलाई थाहै नदिई उनीहरूको हकको सेयर आफैँले खरिद गरेको आरोप लागेको थियो ।
सर्वसाधारणले प्रतिकित्ता २३९ रुपैयाँमा किनेको सेयर उनले १०० रुपैयाँमै हात पारेको भन्नले आरोप थियो । जसबाट उनलाई करोडौँको तत्काल लाभ भएको देखिएको थियो ।
For More:-Sun Nepal CEO Arrested


