सन नेपाल लाइफको एएमएल/सीएफटी तालिम सम्पन्न
१७ भदौ, काठमाडौं।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले Anti Money Laundering (AML) तथा Combating the Financing of Terrorism (CFT) सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ। तालिम कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा आयोजित गरिएको थियो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुबेदी र उप निर्देशक पदम प्रसाद सोडारीले तालिम प्रदान गरे। उनीहरूले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरणजस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रमा पनि प्रभाव पार्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकतालाई औंल्याए।
तालिममा नारायणी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका शाखा प्रमुखहरू, कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कबि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ र अन्य विभागीय प्रमुखहरूको उपस्थिती रहेको थियो।
सन नेपाल लाइफ हाल देशभर १४३ शाखाबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ। कम्पनीले यस्तो तालिममार्फत कर्मचारीहरूको पेशागत दक्षता वृद्धि गर्न र वित्तीय प्रणालीमा पारदर्शिता र सुरक्षा सुनिश्चित गर्न जोड दिएको छ।
For More:-Sun Nepal Life AML CFT Training