समिट वुमन अफ द इयर २०२३ को उपाधि आरुश्री शर्मालाई

women of the year 2023
Share It On:

२० चैत २०७९, काठमाडौं।

होटल सोल्टीमा एक भव्य समारोहकाबीच ‘समिट वुमन अफ द इयर, २०२३’ कार्यक्रमा सम्पन्न गरिएको छ। ओपन स्पेस नेटवर्कको आयोजना र एपेक्स कलेजको प्रस्तुतीमा ‘समिट वुमन अफ द इयर २०२३’ सम्पन्न भएको हो।

यसपटक अभानी नेपालकी सह–सस्थापक आरुश्री शर्माले ‘समिट वमन अफ द इयर २०२३’ को शीर्ष उपाधी जित्न सफल भएकी छन्।

उनलाई पुरस्कार स्वरुप नगद एक लाख रुपैयाँ प्रदान गरियो। निकिता जलानलाई नगद ५० हजार रुपैयाँसहित ‘वैद्य अर्गनाइजेशन इनोभेशन प्राइज २०२३’ बाट सम्मानित गरिएको छ।

वमन समिट अफ द इयर’ आयोजना गरिएको यो तेस्रो वर्ष हो। तेस्रो वार्षिक ‘वमन समिट’को प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहनु भएको थियो। उहाँले बिजेता महिलाहरुलाई सम्मानित गर्नु भएको थियो।

यस वर्ष हामीले नेपालको ७ प्रदेशबाट ८० भन्दा बढी आवेदनहरु प्राप्त गरेका थियौं। आवेदनहरुको स्क्रिनिङ युनाईडेट ट्रेडर्स सिन्डिकेट र VOITH ग्रुपकी प्रबन्ध निर्देशक रितुसिंह बैद्य, क्युएफएक्स सिनेमा र लबिम मलका सह–संस्थापक नकिम उद्दिन, FWEAN की अध्यक्ष निरु रायमाझी, नबिल बैंकका डेपुटी सिईओ मनोज ज्ञवाली र लोटस होल्डिङ्स प्रा.लि.की अध्यक्ष सुलोचना श्रेष्ठ शाह सम्मिलित जूरीद्वारा गरिएको थियो।

अवार्डको लागि शीर्ष ७ मा अभानी नेपाल प्रा.लि.की सह–संस्थापक आरुश्री शर्मा, पेटमामा नेपालकी सह–संस्थापक÷सीईओ निकिता जलान, आधुनिक मिथिला फोटो सपकी संस्थापक मनिषा शाह, पालिखे एण्ड श्रेष्ठ आर्किटेक्ट्स प्रा.लि. (पीएएसए) की निर्देशक÷आर्किटेक्ट हेमन्तिका राज्यलक्ष्मी पालिखे, इस्टर्न नेपाल अथेन्टिक्सकी प्रोप्राइटर सिमोनी श्रेष्ठ, लुमिएर नेपालकी सह–संस्थापक स्वीकृति न्यौपाने र लुमिएर नेपालकी सह–संस्थापक दक्षता भण्डारी परेका थिए। सात जनामध्ये उत्कृष्टलाई ‘समिट वमन अफ द इयर २०२३’ को शीर्ष उपाधी (अवार्ड) प्रदान गरिएको थियो।

यो कार्यक्रमको उदेश्य ३० वर्षभन्दा कम उमेरका महिला व्यवसायीको पहिचान गर्नु र उनीहरुलाई सम्मान गर्नु रहेको छ। यो सम्मान त्यस्ता महिलाहरुलाई गरिएको छ जसले कानूनी दायर भित्र रहेर निर्माण गरेको ‘बिजनेस प्लान’ले समाजमा दिगो प्रभाव पार्न सफल भएको छ।

समिट वुमन’ सिकाई, प्रोत्साहन र प्रेरणा मार्फत महिलाहरुलाई उनीहरुको करियर र व्यक्तिगत लक्ष्यहरु हासिल गर्न कार्यस्थल बाहिर सिर्जना गरिएको एक प्लेटफर्म हो। यहाँ सहभागीहरु निर्वाधरुपमा एकअर्कासँग जोडिन्छन् र उनीहरुको करियर र व्यक्तिगत चुनौतहरुको समाधान निकाल्न मद्दत गर्छन्। हामी गुणस्तरीय कार्यक्रम र स्रोतहरु उपलब्ध गरेर महिला उद्यमीहरुको बलियो समुदाय विकास गर्नेमा विश्वस्त छौं। यसले समानताको लागि प्रेरित त गर्नेछ  नै साथसाथै अवसरहरु पनि प्रदान गर्नेछ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *