एनआईसी एशिया बैंकको नयाँ सीईओमा सुजित कुमार शाक्य नियुक्त
१७ कात्तिक २०८२, काठमाडौं ।
एनआईसी एशिया बैंकले सुजितकुमार शाक्यलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको कात्तिक १७ गते बसेको बैठकले शाक्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
शाक्यलाई चार वर्षका लागि सीईओ नियुक्त गरिएको छ। उनले अबको ३० दिनभित्र बैंकमा कार्यभार सम्हाल्नेछन्।
हाल शाक्य नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को पदमा कार्यरत छन्। उनले यसअघि नबिल बैंककै कामु सीईओको जिम्मेवारी समेत सम्हालेका थिए।
करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय शाक्यले यसअघि ग्लोबल आइएमई बैंकमा महत्वपूर्ण व्यवस्थापन भूमिका सम्हालेका थिए। ग्लोबल आइएमईमा जाने अघि उनी जनता बैंकमा कार्यरत थिए, र जनता बैंक ग्लोबल आइएमईसँग गाभिएपछि पनि केही समय निरन्तरता दिएका थिए। त्यसअघि उनले सिभिल बैंकमा पनि काम गरेका थिए।
एनआईसी एशिया बैंकमा रोशनकुमार न्यौपानेले सीईओ पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो। हालसम्म बैंकको कार्यवाहक सीईओको जिम्मेवारी सन्तोषकुमार राठीले सम्हाल्दै आएका छन्।
शाक्यको नेतृत्वमा बैंकले अझ सशक्त व्यवस्थापन र डिजिटल बैंकिङ विस्तारमा अग्रसर हुने अपेक्षा गरिएको छ।
For More:-Sujit Shakya CEO NIC Asia

