एमाले कार्यकर्ताबाट दुर्व्यवहारमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ पुगे निवासमै
१८ चैत, काठमाडौँ।
नेकपा एमालेको दुर्व्यवहार परेका वृद्धलाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगेका थिए।
उनलाई दुर्व्यवहार गर्ने राम शरण शर्मा बजगाईँ पक्राउ परेको केही समयपछि नै गुरुङ उनलाई भेट्न निवास नै पुगेका हुन् ।
गृहमन्त्री गुरुङलाई आफू पीडित हुँदा यसरी तुरुन्तै एक्सनमा उत्रिएर साथ दिएको भन्दै जेष्ठनागरिकले धन्यवाद दिएका छन् । गृहमन्त्री गुरुङ आफ्नो काम सकेर निवास फर्कँदै गर्दा जेष्ठ नागरिककै निवास पुगेका थिए ।
उक्त घटनाले आफू निदाउन समेत नसकेको भन्दै गृहमन्त्री गुरुङ तुरुन्तै एक्सन लिएको बताए ।
गृहमन्त्री गुरुङकै निर्देशनमा ललितपुर प्रहरीले दुर्व्यवहार गर्ने व्यक्ति राम शरण शर्मा बजगाईँलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरमा राखी थप अनुसन्धान भइरहेको छ ।
For More:-Sudan Gurung visits elderly


