७ साउन काठमाडौं ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आयोजना गरेको निर्जीवन बीमा अभिकर्ता आधारभूत तालिम तथा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । कम्पनीले यही साउन २ गतेदेखि ५ गतेसम्म जुम्ला उपशाखा कार्यालयमा तालिम तथा परीक्षा सम्पन्न गरेको बताएको छ ।
कम्पनीका व्यवस्थापक तथा वजार विभाग प्रमुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो तालिम तालिम मध्यवर्षायाममा सञ्चालन गरिएको भएतापनि २४ जना प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ ।
राष्ट्रिय बीमा कम्पनी राष्ट्रको दूरदराज तथा बिकट क्षेत्रका जनताको घरदैलोमा पुगि बीमाको माध्यमबाट जनतालाई लाभान्वित गराउने उदेश्यकासाथ अघि बढेको बजार विभाग प्रमुख देवराज घिमिरेले बताए ।
उक्त तालिममा व्यवस्थापक देवराज घिमिरे, सह–व्यवस्थापक अर्जुन पौडेल, सहायक व्यवस्थापक सन्तोष के.सी. ले प्रशिक्षकको भूमिका निभाएका थिए भने जुम्ला उपशाखा प्रमुख लाकेन्द्र राउतले सहजीकरण गरेका थिए । तालिममा सहभागीहरूले तालिम निकै प्रभावकारी र लाभदायक रहेको बताएका थिए ।
सो तालिममा व्यवस्थापक देवराज घिमिरे,सह–व्यवस्थापक अर्जुन पौडेल ,सहायक व्यवस्थापक सन्तोष के.सीले प्रशिक्षकको भुमिका निभाएका थिए भने जुम्ला उपशाखा प्रमुख लाकेन्द्र राउतले सहजीकरण गरेका थिए । तालिममा सहभागीहरूले तालिम धेरै प्रभावकारी र लाभदायक रहेको बताए ।