आन्दोलनको नाममा द ब्रिब्रिश कलेजसँग ब्रिद्यार्थीले २ करोड रुपैयाँको बागेब्रनङ गरेको खुलासा
२० पुष २०८२, काठमाडौं ।
काठमाडौँको थापाथलीस्थित द ब्रिटिश कलेजमा अध्ययनरत दुई जना विद्यार्थीले आन्दोलनको नाममा आफ्नै कलेजसँग दुई करोड रुपैयाँ माग गर्दै बार्गेनिङ गरेको तथ्य सार्वजनिक भएको छ। अध्ययनक्रममै इन्टर्नसिपका लागि दुबई गएका केही विद्यार्थीलाई समेत नेपाल फर्कन बाध्य पारेर कलेजविरुद्ध बोल्न लगाई रकम असुल्ने प्रयास गरिएको खुलासा भएको हो।
पहिलो वर्षमा अध्ययनरत विद्यार्थी प्रियंका नेपालको अगुवाइमा दुबई पुगेका अन्य विद्यार्थीलाई विभिन्न प्रलोभन तथा चेतावनी दिँदै नेपाल फर्काएर कलेजविरुद्ध अभिव्यक्ति दिन लगाइएको बताइएको छ। दुबईमा रहेका विद्यार्थीलाई कलेजले इन्टर्नसिपको अवसर उपलब्ध गराएको भए पनि उनीहरू इन्टर्नसिप नगरी नेपाल फर्किएका हुन्। दुबईमा विद्यार्थीलाई ‘सानो काम लगाइएको’ र ‘श्रम शोषण गरिएको’ जस्ता आरोप लगाउँदै आएकी प्रियंका नेपाल हाल सामाजिक सञ्जालमा भाइरल हुने उद्देश्यसहित सक्रिय रहेको आरोप लागिरहेको छ।
दुबई नै नपुगेकी प्रियंका नेपालले कलेजविरुद्ध आधारहीन टिप्पणी गर्दै दुबईमा इन्टर्नसिपमा रहेका विद्यार्थीलाई समेत कलेजबारे नकारात्मक धारणा सार्वजनिक गर्न दबाब दिएको, नेपाल फर्किएपछि आफूले तिरेको शुल्क मात्र नभई थप ठूलो रकमसमेत माग गर्दै कलेजसँग बार्गेनिङ गरेको, साथै कलेजबारे फरक धारणा राख्ने विद्यार्थीलाई सामाजिक सञ्जालमार्फत नकारात्मक रूपमा ‘एक्सपोज’ गरिएको बताइएको छ। यसका कारण कलेजमा अध्ययनरत धेरै विद्यार्थी प्रियंका नेपालबाट हैरानी खेपिरहेको बताउँछन्।
त्यस्तै, उक्त समूहले कलेजले लिँदै नलिएको शुल्कबारे समेत भ्रम फैलाएको पाइएको छ। कलेजको शुल्क ६० लाख रुपैयाँ रहेको भनी प्रचार गरिएको भए पनि वास्तविकतामा ती विद्यार्थीहरूको शुल्क पहिलो वर्ष जम्मा दुई लाख रुपैयाँ तथा दोस्रो वर्ष दुबईको कलेजमा अध्ययन गर्न साढे सात–साढे सात लाख रुपैयाँ मात्र रहेको छ, जुन कलेजबाट स्पष्ट रूपमा पुष्टि गर्न सकिने बताइएको छ।
दुबईबाट फर्किएका केही विद्यार्थी तथा उनीहरूका अभिभावकसँग कलेज प्रशासनले छलफल गरी समस्या समाधान गरिसकेको जनाइएको छ। तर, दुबई नै नगएकी प्रियंका नेपालले भने अव्यावहारिक माग राख्दै कलेजसँग निरन्तर मोलमोलाइ गरिरहेको देखिएको छ। उनी हरेक वार्तामा उत्तेजित रूपमा प्रस्तुत हुने, शिक्षक तथा कर्मचारीप्रति अभद्र व्यवहार गर्ने दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। उनको उत्तेजित व्यवहारका कारण उनलाई साथ दिएका धेरै साथीले समेत साथ छोडिसकेको बताइएको छ। कतिपय विद्यार्थीले उनलाई व्यक्तिगत स्वार्थका लागि कलेजको बदनाम गराउँदै सामाजिक सञ्जालमा भाइरल हुन अतिरञ्जित गतिविधि गरेको आरोप लगाएका छन्।
कलेजका कर्मचारी मात्र नभई निर्देशकहरूको उपस्थितिमा भएका छलफलमा समेत विद्यार्थीहरू उत्तेजित पारामा प्रस्तुत हुँदा कर्मचारीहरू त्रसित भएको जनाइएको छ।
उनीहरूको समूहले कलेज बाहिरका व्यक्तिलाई ल्याई कलेजमा तोडफोड गर्ने विषयमा ह्वाट्सएप समूहमा छलफल गरेको प्रमाणसमेत सार्वजनिक भएको छ। कानुनी प्रक्रिया अपनाउनुको सट्टा कलेज नै तोडफोड गर्नुपर्ने लगायतका विषयमा छलफल भएपछि कलेज परिसरमा अपरिचित व्यक्तिहरू प्रवेश गरी कर्मचारीलाई धम्की दिने तथा एक समूहले कलेज र सवारीसाधनमा तोडफोड गर्ने घटना भएको बताइएको छ।
दुबईमा अध्ययनसँगै काम गरिरहेका विद्यार्थीहरूको भिडियो तथा फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्दा उनीहरूको गोपनीयता उल्लङ्घन भएको भन्दै कलेजका विद्यार्थीले असुरक्षा महसुस गरेको बताएका छन्। कलेजमाथि प्रश्न उठाउने तर अरूको गोपनीयताप्रति बेवास्ता गर्ने व्यवहारप्रति चर्को आलोचना भइरहेको छ। यसैगरी, कलेज छोडिसकेका शिक्षकहरूमाथि आरोप लगाउने, उच्च स्वरमा बोल्ने, कलेजका सञ्चालकप्रति अभद्र व्यवहार गर्ने जस्ता गतिविधि गरिएको पनि बताइएको छ। उत्तेजित भई केही Hospitality Management का विद्यार्थीले कलेजका शिक्षकलाई कोठाभित्र थुनेको घटनासमेत सार्वजनिक भएको छ।
For More:-Student bargaining 2 crore



