२५ भदौ, काठमाडौं।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडले दुई दिनका लागि सम्पूर्ण धितोपत्र कारोबार स्थगन गर्ने निर्णय गरेको छ।
हालको विषम परिस्थिति र कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट आएको अनुरोधका आधारमा यो निर्णय गरिएको हो।
नेप्सेले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार भदौ २४ र २५ गतेका दिन धितोपत्र कारोबार रोक्ने जनाएको छ। यसबारे जानकारी गराउन एक्सचेन्जले विज्ञप्ति समेत जारी गरेको छ।
यसअनुसार शेयर बजार आज बुधबार र भोलि बिहीबार दुवै दिन बन्द रहनेछ। नेप्सेले सूचना मार्फत हालको परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट आएको अनुरोधलाई आधार मानेर कारोबार स्थगन गरिएको उल्लेख गरेको छ।
For More:-Stock Market Closed for Two Days