पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडर नियुक्त: नेपाल तथा दक्षिण-पूर्व एसियाका लागि आधिकारिक फेस
२७ कात्तिक २०८२, काठमाडौं ।
उत्कृष्टता र विश्वासको प्रतीक पारस खड्का अब सोमानी सेरामिक्स (नेपालको नं. १ टायल्स र बाथवेयर ब्रान्ड) को आधिकारिक ब्रान्ड फेस। उनी टायल्स, बाथवेयर लगायत सम्पूर्ण उत्पादनको प्रवर्द्धनमा सहभागी हुनेछन्।
सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त. भारतको अग्रणी टायल्स र बाथवेयर ब्रान्ड सोमानी सेरामिक्स लिमिटेडले नेपाल तथा दक्षिण–पूर्व एसियाका लागि नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
कम्पनीका अनुसार यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ सुदृढ बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप बलियो बनाउने उद्देश्य राखेको छ।
अब पारस खड्का सोमानी सेरामिक्सका सम्पूर्ण उत्पादनहरू टायल्स, बाथवेयर, एडेसिभ, वाटरप्रुफिङ लगायत का ब्रान्ड फेसका रूपमा विभिन्न प्रचार–प्रसार र प्रवर्द्धनात्मक क्रियाकलापमा सहभागी हुनेछन्।
सोमानी सेरामिक्सका सह–अध्यक्ष सुजित मोहन्तीले पारस खड्कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै भने, “उहाँको लगनशीलता र उत्कृष्टताको यात्राले हाम्रो नवीनता र नेतृत्वको सिद्धान्तलाई प्रतिबिम्बित गर्छ।
नेपाल हाम्रो प्रमुख बजारमध्ये एक भएकाले पारसको विश्वसनीयता र जनसम्पर्कले हाम्रो ब्रान्डलाई अझ मजबुत बनाउनेछ।”
त्यस्तै, कम्पनीका उपाध्यक्ष तथा मार्केटिङ प्रमुख अंशुमन चक्रवर्तीले पारस खड्का नेपालमा घर–घरमा चिनिने नाम भएको बताउँदै भने, “उनी खेल मैदानमा मात्र होइन, आफ्ना इमानदारीता र सकारात्मक प्रभावका कारण सबै पुस्तामा लोकप्रिय छन्।
उनी सोमानीका गुणस्तर, नवीनता र विश्वासका मूल्यहरू प्रस्तुत गर्नका लागि उत्तम व्यक्तित्व हुन्।”
ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि पारस खड्काले भने, “उत्कृष्टता र गुणस्तरका लागि निरन्तर प्रयत्नरत सोमानी जस्तो ब्रान्डसँग सहकार्य गर्न पाउँदा म अत्यन्त उत्साहित छु। सोमानी घर सजावटको क्षेत्रमा प्रिमियम र विश्वसनीय नाम हो, र मैले पनि यसको उत्कृष्टताप्रतिको प्रतिबद्धता नजिकबाट अनुभव गरेको छु।”
कम्पनीका अनुसार निकट भविष्यमा पारस खड्कालाई ब्रान्ड प्रवर्द्धनसँग सम्बन्धित विभिन्न गतिविधिमा सहभागी गराइनेछ।
सोमानी सेरामिक्स लिमिटेडबारे
सोमानी सेरामिक्स भारतको सिरामिक्स उद्योगका अग्रणी कम्पनीमध्ये एक हो र विश्वका शीर्ष १५ निर्माता कम्पनीमध्ये पर्छ। नेपालमा यो नं. १ टायल्स र बाथवेयर ब्रान्डको रूपमा स्थापित छ।
कम्पनीले भित्ते र फ्लोर टायल्स, पोलिश्ड मेट्रिफाइड टायल्स, स्ल्याब्स, सेनिटरीवेयर, बाथ फिटिङ्स, एडेसिभ र साउदस लगायतका निर्माण सामग्री उत्पादन गर्दै आएको छ।
सोमानीको विश्वभर १२ हजारभन्दा बढी रिटेल आउटलेट र ५०० भन्दा बढी एक्सक्लुसिभ सोरुमहरू छन्। यसको उत्पादन ८० भन्दा बढी देशहरूमा निर्यात हुन्छ। कम्पनीको वार्षिक उत्पादन क्षमता ७५ मिलियन वर्गमिटर रहेको छ।
For more: Somany Ceramics Brand Ambassador Paras Khadka



