सफ्टवेरिका कलेजको स्मार्ट प्रविधि प्रदर्शनी ‘टेक एक्स २०२३’ सम्पन्न

Softwarica College’s Spectacular Exhibition Ends with Award Distribution Cash Prize
Share It On:

१६ साउन, काठमाडौं । 

आईटी र ई–कमर्स कलेजको रूपमा चिनिने सफ्टवेरिकाले आफ्नो कलेज परिसरमा आयोजना गरेको ‘स्मार्ट टेक्नोलोजी’ सम्बन्धी प्रदर्शनी सम्पन्न भएको छ । जुलाई २७ देखि जुलाई ३० सम्म प्रदर्शनी चलेको हो ।

राजनीतिज्ञ, सेलिब्रेटी, प्रभावशाली व्यक्तित्व लगायत १० हजारभन्दा बढी सर्वसाधारणको उपस्थितिमा काठमाडौँको डिल्लीबजारमा आयोजित ४ दिने प्रदर्शनीमा सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रदर्शन गरेका थिए ।

कार्यक्रममा ३० भन्दा बढी नवप्रवर्तनहरू थिए र मुख्य आकर्षण रोबोटको लडाकु “रोबो वार” थियो जहाँ कार्यक्रमको अन्तिम दिन टोली “भाइपर स्ट्राइक” ले रोबो वार जित्यो र “काजाडोर” उपविजेता बनेको थियो । बिजेता टोलीले क्रमश ७५ हजार रुपैयाँ र उपविजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्न सफल भए ।

सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रदर्शन गर्न प्रत्येक वर्ष प्रदर्शनी आयोजना गरिन्छ । यसपटक ‘आइओटी एक्स्पो’ नामले चिनिने सफ्टवेयर प्रदर्शनीलाई ‘टेक एक्सपो’ नाम दिइएको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा रोबो वार रहेको छ । रोबो वारमा भाइपर स्ट्राइक समूह विजेता भएको थियो भने ‘काजाडोर’ उपविजेता बनेको थियो । विजेता टोलीले क्रमशः ७५ हजार रुपैयाँ र उपविजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गरेका थिए  ।

कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् । सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रर्दशन गर्न प्रत्येक वर्ष प्रदर्शनी आयोजना गरिन्छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts