भारतमा विश्वको सबै भन्दा कम मुल्यको स्मार्टफोन सार्वजनिक
बुधबार भारतमा विश्वको सबै भन्दा कम मुल्यको स्मार्टफोन सार्वजनिक भयो। ‘फ्रिडम २५१’ नाम दिइएको यो फोनको मुल्य जम्मा २५१ भारतीय रुपैंयाँ रहेको छ।
तर यस फोनको फिचर्सको मुल्य १५ गुण महंगो छ। फोन बिक्रीको लागि अनलाइनमा एडभान्स सहित बुकिङ खुल्ला गरिएको थियो। कम्पनीको अनलाइन भिजिट गर्नेको अधिक संख्याका कारण वेभसाइट क्रास भएको थियो। ग्राहकले जुन सम्म फोन पाउने कम्पनीले जनाएको छ।
फोनको सामानको लागतनै कम्पनीले तोकेको मुल्यको आठ गुणा भन्दा बढिरहेको भारत सरकारको सस्तो ट्यावलेट आकाश आपूर्ती गर्ने कम्पनी डाटाविंडका सीइओ सुनीत सिंह तुली बताउँछन्।