सिद्धार्थ बैंकका ग्राहकलाई जर्मन होम्समा १०% सम्मको छुट
३१ असोज २०८२, काठमाडौं ।
सिद्धार्थ बैंक र जर्मन होम्स् प्रा. लि. बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार, बालकोट, भक्तपुरस्थित जर्मन होम्समा सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको डेबिट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस सहकार्य सम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले सिद्धार्थ बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ सँग सम्पर्क गर्न सक्नेछन्।
For More:-Siddhartha Bank German Homes discount