३० भदौ, काठमाडौं।
सिद्धार्थ बैंक र पोखरा स्थित वाटरफ्रन्ट रिसोर्ट प्रा. लि. बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार, बैंकका ग्राहकहरूले लेकसाइड, पोखरामा अवस्थित वाटरफ्रन्ट रिसोर्टमा आफ्नो कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
सिद्धार्थ बैंकले यस सम्झौतामार्फत ग्राहकहरुलाई छुट सुविधा मात्र नभई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ प्रोत्साहित गर्ने विश्वास व्यक्त गरेको छ।
यस समन्वय सम्बन्धमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालन हुने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने जनाएको छ।
For More:-Siddhartha Bank Waterfront Discount