७ असोज, काठमाडौं ।
सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूका लागि जङ्गल भिल्ला रिसोर्ट (पटिहानी, चितवन) मा १५ प्रतिशत छुट दिने अफर सार्वजनिक गरेको छ। बैंक र रिसोर्टबीच बैंकका ग्राहकहरूलाई विशेष सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो।
Siddhartha Bank Offers 15%
सम्झौताअनुसार, सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाईल बैंकिङ सेवा मार्फत भुक्तानी गर्दा फुड, बेभरेज तथा २ रात ३ दिनको होटल बसाइँ सेवामा १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन्।
यस सम्झौताले ग्राहकलाई विशेष छुटको सुविधा प्रदान गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा रूपान्तरण गर्न प्रेरित गर्ने बैंकले विश्वास लिएको छ।
For more: Siddhartha Bank Offers 15% Discount at Jungle Villa Resort