सिद्धार्थ बैंकका ग्राहकहरुलाई माउन्ट अफ एक्सेलमा ४०% सम्मको छुट
२३ कात्तिक २०८२, काठमाडौं ।
सिद्धार्थ बैंक र गोकर्णेश्वर, काठमाडौंस्थित माउन्ट अफ एक्सेल प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौता अनुसार, बैंकका ग्राहकहरूले माउन्ट अफ एक्सेलमा सेवा लिँदा सिद्धार्थ बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरेर भुक्तानी गर्दा ४० प्रतिशत सम्मको छुट पाउन सक्नेछन्।
सिद्धार्थ बैंकका अनुसार, यो सहकार्यले ग्राहकहरूलाई सेवा अनुभवमा सहजता प्रदान गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा संक्रमण गर्न प्रेरित गर्ने विश्वास लिएको छ।
बैंकका ग्राहकहरूले यसबारे थप जानकारीका लागि २४ सै घण्टा सञ्चालन हुने ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्र मार्फत सम्पर्क गर्न सक्नेछन्।
सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेलबीचको यो सहकार्यले न केवल ग्राहकलाई आकर्षक छुट सुविधा उपलब्ध गराउनेछ, तर डिजिटल भुक्तानी संस्कृतिलाई प्रवर्द्धन गर्दै नगदरहित कारोबारलाई पनि बढावा दिने अपेक्षा गरिएको छ।
For More:-Siddhartha Bank Discount Offer



