सिद्धार्थ बैंकका ग्राहकले जावेद हबीब सैलुनमा आकर्षक छुट पाउने

Siddhartha Bank Jawed Habib Discount
Share It On:

५ साउन, काठमाडौं।

सिद्धार्थ बैंक लिमिटेड र जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनबीच सहकार्य भएको छ । बैंकका ग्राहकले सैलून सेवामा आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन्।

सम्झौता अनुसार, ठमेल छायाँ सेन्टरस्थित जावेद हबीब सैलूनमा डेबिट कार्ड प्रयोग गर्दा १५ प्रतिशत र क्रेडिट कार्ड प्रयोग गर्दा २५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ।

उक्त सहकार्य सँगै बैंकले आफ्ना ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्न चाहेको जनाएको छ। डिजिटल माध्यमबाट सेवा लिँदा सहजता र पारदर्शिता बढ्ने भन्दै बैंकले यस्तो साझेदारी ग्राहक हितमा हुने विश्वास व्यक्त गरेको छ।

जावेद हबीब सैलूनले हेयर कट, स्टाइलिङ, स्किन ट्रीटमेन्ट, ब्राइडल मेकअप लगायतका विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ। बैंकका ग्राहकले कार्ड प्रयोग गरेर यी सबै सेवामा छुट प्राप्त गर्न सक्नेछन्।

सिद्धार्थ बैंकले ग्राहकलाई सेवा सुविधा उपलब्ध गराउन विभिन्न क्षेत्रका सेवाप्रदायकहरूसँग सहकार्य गर्दै आएको छ। यस साझेदारीले ग्राहकलाई सौन्दर्य सेवामा खर्च कटौती गर्न सहयोग गर्नेछ।

साथै, बैंकले यस्तो सुविधा प्रयोग गर्न इच्छुक ग्राहकहरूलाई २४ सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र सिद्धार्थ केयरु मार्फत थप जानकारी लिन आग्रह गरेको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *