सिद्धार्थ बैंकका ग्राहकहरुलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
९ माघ २०८२, काठमाडौं ।
सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुप बीच सम्झौता भएको छ, जसअन्तर्गत बैंकका ग्राहकहरूले विभिन्न सेवा र स्थलमा १०% सम्मको छुट पाउने भएका छन्।
सम्झौताअनुसार, बैंकका ग्राहकहरूले लाजिम्पाटस्थित होटल ले हिमालय, साके एण्ड फेङ्ग रेष्टुरेन्ट, हर्कपुर र बागलुङस्थित इला कम्फर्ट, मौलाकालीस्थित इला रिसोर्टस्, मौलाकाली केबल कार, लुम्बिनी केबल कार र पोखरास्थित द् लेक रिट्रिटमा कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट लाभ लिन सक्नेछन्।
यो सम्झौताले ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन दिनेछ र नगद कारोबार घटाउन मद्दत पुर्याउने विश्वास बैंकले लिएको छ ।
थप जानकारीका लागि ग्राहकहरूले २४ सै घण्टा सञ्चालन हुने ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सक्नेछन्।
For More:-Siddhartha Bank IME Discount



