सिद्धार्थ बैंकका ग्राहकलाई हिमालयन फ्रन्ट होटेलमा २०% सम्मको छुट
१६ भदौ, काठमाडौं।
सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटेल प्रा. लि. बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
यस सम्झौता अनुसार, पोखरास्थित हिमालयन फ्रन्ट होटेलमा बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरूले २०% सम्मको छुट पाउनेछन्।
Advertisement
सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जाने प्रवृत्ति बढाउने विश्वास बैंकले लिएको छ।
यस सम्बन्धमा थप जानकारीका लागि ग्राहकहरूले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमार्फत सम्पर्क गर्न सक्नेछन्।
For More:-Siddhartha Bank Himalayan Hotel Discount

