२२ असार, काठमाडौं।
डिजिटल कारोबारलाई प्रोत्साहित गर्न सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटि-पार्लर बीच छुट सम्झौता। हेयर एन्ड ब्युटि-पार्लरका १३ शाखामा बैंकका ग्राहकले छुट पाउने सम्झौता पत्रमा उल्लेख छ ।
सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटिपार्लरबीच सम्झौता
छुट प्राप्त गर्न बैंकका ग्राहकले कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्नुपर्नेछ । यसरी भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।
यो सम्झौताले ग्राहकलाई सुविधा सँग-सँगै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
For more details: Siddharth Bank Signs Hair & Shanti Beauty