शुभ यात्रा अफर अन्तर्गत विभिन्न क्यासब्याक र छुट

Shuva Yatra offer connectips
Share It On:

७ असोज, काठमाडौं ।

यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस टिकटको भुक्तानी connectips बाट गर्दा आकर्षक “शुभ लाभ अफर” सार्वजनिक भएको छ जस अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी connectips मार्फत गर्दा आकर्षक क्यासब्याक तथा छुट पाउन सकिन्छ ।

 Shuva Yatra offer on connectIPS!

क्यासब्याक अफर बुद्ध एयर प्रा.लि, श्री एयरलाइन्स प्रा.लि., यति एयरलाइन्स प्रा.लि. र बस सेवा ट्राभल एण्ड टुरको टिकट भुक्तानीमा उपलब्ध रहेको छ ।

बुद्ध एयरको फ्लाइट खरिद गरेर कनेक्टआइपीएसबाट भुक्तानी गर्दा ग्राहकहरुले रु १०१ क्यासब्याक पाउन सक्नेछन् । त्यस्तै श्री एयरलाइन्सको फ्लाइट टिकटको भुक्तानी कनेक्टआइपीएसबाट गर्दा रु ५०१ क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

साथै यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा “YTCIPS” प्रोमो कोड प्रयोग गरेर रु २५० एयरलाइन्सको छुट संगै रु २५१ क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

त्यस्तै बस सेवाबाट टिकट काटेर कनेक्टआइपीएस मार्फत भुक्तानी गर्ने पहिलो १००० ग्राहकहरुले रु ५१ क्यासब्याक प्राप्त गर्नेछन् । यी सम्पूर्ण अफरहरुमा प्रति बैंक खातामा एक पटक मात्र क्यासब्याक प्राप्त हुनेछ भने सो अफर असोज ५ गतेदेखि असोज १६ गतेसम्म उपलब्ध हुनेछ ।

Connectips, बैंकका ग्राहकहरुका लागि फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक प्रमुख तथा सजिलो माध्यम हो ।

Connectips को नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्थाहरु रहेका छन् जसबाट ग्राहकहरुले वेब मार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको विभिन्न भुक्तानी गर्न सकिन्छ ।

For more:  Shuva Yatra offer on connectIPS!


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts