शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड NPS-National Card Switch तथा NEPALPAY Card मा आवद्ध
२१ कात्तिक २०८२, काठमाडौं ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) बीच NPS–NCS तथा Domestic Card Scheme (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरशिपका लागि सम्झौता सम्पन्न भएको छ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको हो।
NCHL ले हालै NPS–NCS को पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम NEPALPAY Card जारी (Issuing) र स्वीकार (Acquiring) का लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो।
सोही अनुरूप, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरूका लागि उक्त कार्ड जारी तथा स्वीकार गर्न सक्नेछ।
NPS–NCS लाई विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टको लागि एक केन्द्रीय कार्ड स्विचको रूपमा स्थापना गरिँदैछ।
यस प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, अन्तर्राष्ट्रिय कार्ड स्किममाथिको निर्भरता कम गर्ने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।
NCHL ले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश PSO र PSP हरू, र १०० भन्दा बढी गैर–बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ। NPS–NCS र NEPALPAY Card को कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
नेपालका अग्रणी विकास बैंकहरू मध्येको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले देशैभरि रहेका ८८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा १८ एटिएम टर्मिनल मार्फत ग्राहकवर्गहरूलाई गुणस्तरीय बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
For more: Shine Resunga Partners NCHL

