३१ भदौ, काठमाडौं।
सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर र एउटा स्क्यानर तथा फोटोकपी सहितको प्रिन्टर (थ्री इन वान) मेसिन सहयोग गरेको छ।
केही दिनअघिको आन्दोलनमा भएको आगजनीका कारण क्षतिग्रस्त प्रहरी वृत्तको कार्य सञ्चालनमा सहजता ल्याउने उद्देश्यले यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरिएको हो।
सहयोग सामग्री बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले वृत्तका इन्चार्ज प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठलाई मङ्गलबार हस्तान्तरण गरेका थिए। इन्चार्ज श्रेष्ठले यस प्रकारको सहयोगले कार्यालय सञ्चालनमा केही सहजता ल्याएको भए पनि क्षति ठूलो भएकाले अझै धेरै सहयोग आवश्यक रहेको बताए।
सांग्रिला डेभलपमेन्ट बैंकले आम नागरिकको विश्वास र भरोसाका कारण हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ।
संस्थाले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको उल्लेख गर्दै, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
For More:- Shangri-la Bank police support