१३ असार, काठमाडौं।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ। प्रकाशित नतिजा अनुसार परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्।
परीक्षामा ४ जीपीए ल्याउने १८६ जना रहेका छन्। ५२.१४ प्रतिशत विद्यार्थी नन ग्रेडिङमा परेका छन्। यी विद्यार्थीले कक्षा ११ पढ्न पाउने छैनन्।
एसईई परीक्षामा कुल ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। बाँकी परीक्षार्थीहरुले एनजी अर्थात ननग्रेड ल्याएका छन्। परीक्षामा सहभागी २२१ जनाको नतिजा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।