एससीटीको स्मार्ट जुलाई अफर: बिगमार्टमा SCT-UPI कार्डमार्फत भुक्तानी गर्दा १०% छुट

sct upi smart july discount
Share It On:

२० असार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले उपभोक्ताहरूका लागि आकर्षक छुट योजना ल्याएको छ।

‘Smart July अफर’ अन्तर्गत SCT-UPI कार्ड प्रयोगकर्ताहरूले बिगमार्ट का सम्पूर्ण शाखामा भुक्तानी गर्दा १० प्रतिशत छुट, अधिकतम रु १०० सम्म लाभ प्राप्त गर्न सक्नेछन्।

उक्त अफर जुलाई १ देखि जुलाई ३१, २०२५ (आषाढ १७ देखि श्रावण १५, २०८२) सम्म लागू हुनेछ। छुट प्राप्त गर्नका लागि ग्राहकहरूले SCT-UPI कार्ड प्रयोग गरी एइक् (AEIC) मेसिनमार्फत भुक्तानी गर्नुपर्नेछ।

यसअघि SCT ले बिगमार्टमा ‘Smart Wednesday’ अफर संचालन गर्दै आएको थियो, जसअन्तर्गत हरेक बुधबार SCT-UPI कार्डमार्फत भुक्तानी गर्दा १०% छुट दिइन्थ्यो।

सो अफर पुनः अगस्टको पहिलो बुधबारदेखि पूर्ण रूपमा सुचारु हुने बताइएको छ।

हाल SCT ले २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UPI कार्ड जारी गर्दै आएको छ।

यस अफरमार्फत SCT ले डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै नगदरहित भुक्तानी प्रणालीलाई विस्तार गर्ने उद्देश्य राखेको जनाएको छ।

SCT-UPI कार्ड नभएका उपभोक्ताहरूले नजिकको बैंक वा वित्तीय संस्थामा गई कार्डका लागि आवेदन दिन सक्नेछन्।

For more: sct upi smart july discount bigmart


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *