IME Hospitalty को पहलमा SCT-UPI सेवा सुरु

SCT-UPI Service Launch
Share It On:

२८ जेठ, काठमाडौं ।  

IME Hospitalty अन्तर्गतका विभिन्न व्यवसायिक इकाईहरूमा अब SCT-UPI भुक्तानी सेवा उपलब्ध भएको छ। नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक स्मार्ट चोइस टेक्नोलोजिज (SCT)युनिफाइड पेमेन्ट इन्टरफेस (UPI) को सहकार्यमा SCT-UPI सेवा सुरु गरिएको हो।

यस पहलअनुसार, काठमाडौं उपत्यकाभित्र रहेका IME Hospitalty अन्तर्गतका होटल तथा रेस्टुरेन्टहरू (जस्तै: Hotel Luxuria, Mio Ristorante, Coffee 8848, Mughal Empire आदि) मा QR कोड तथा POS मेसिनमार्फत SCT-UPI सेवा प्रयोग गरी भुक्तानी गर्न सकिनेछ।

सुरुमा यो सेवा २०८१ असार १ देखि २०८१ साउन ३१ सम्म परीक्षण चरणमा लागू गरिनेछ, जुन अवधिमा १५% छुट समेत उपलब्ध हुनेछ।

यो सेवा सञ्चालनमा आउँदा, ग्राहकहरूले नेपालमा निर्मित डिजिटल भुक्तानी प्रविधि को सहज, छरितो र सुरक्षित उपयोग गर्न सक्नेछन्। साथै, यो प्रणालीले डिजिटल अर्थतन्त्र प्रवर्द्धन गर्न समेत योगदान पुर्याउने विश्वास लिइएको छ।

हालसम्म २१ वटा प्रमुख र निजी क्षेत्रका संस्था तथा १०० भन्दा बढी रिटेल आउटलेटहरू SCT-UPI सेवामा आबद्ध भइसकेका छन्। यस सेवाको विस्तारले आगामी दिनमा अझ धेरै संस्थाहरूलाई डिजिटल भुक्तानी प्रणालीमा जोड्ने लक्ष्य लिएको छ।

For more: SCT-UPI Service Launched


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *