४ भदौ, काठमाडौं ।
नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले जारी गर्दै आएको यूनियन पे कार्डबाट अब नेपालमा सञ्चालन भइरहेका विभिन्न मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न सकिने भएको छ।
यस सुविधाअन्तर्गत कार्डबाट वालेट लोड गर्न सकिने सबै मोबाइल वालेटहरू, जस्तै इसेवा, खल्ती, हाम्रो पे, आदि मा ग्राहकहरूले आफ्नो SCT यूनियन पे कार्डबाट सिधै रकम ट्रान्सफर गर्न सक्नेछन्। नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवेमा आबद्ध सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेशनहरू मार्फत यो सुविधा प्रयोग गर्न सकिन्छ।
यस सुविधाले ग्राहकहरूलाई पीओएसमा मात्र नभई डिजिटल वालेटमार्फत भुक्तानी, ई–कमर्स भुक्तानी, एरलाइन टिकट खरिद लगायतका सेवा लिन अझ सरल बनाएको छ।
हाल SCT ले २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत यूनियन पे कार्ड जारी गर्दै आएको छ। यूनियन पे डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले SCT का सदस्य बैंक तथा वित्तीय संस्थाबाट सजिलै प्राप्त गर्न सक्नेछन्।
यस पहलले डिजिटल भुक्तानी प्रणालीलाई अझ सरल, सहज र पहुँच योग्य बनाउन ठूलो योगदान पुर्याउने विश्वास SCT ले जनाएको छ।
For More:-SCT UnionPay Card Wallet