३० साउन, काठमाडौं।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले २९ श्रावन २०८२ मा आफ्नो २४औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा संचालक समितिका अध्यक्ष, सदस्यहरू, तथा संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो।
वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत, श्री मनोज घिमिरेले संस्थाले बिगतमा हासिल गरेका उपलब्धिहरू र आगामी योजनाहरू प्रस्तुत गर्नुभयो।
विशेष गरी SCT द्वारा प्रदान गरिएका कार्ड सेवा (SCT-UnionPay कार्ड, VISA कार्ड, NepalPay कार्ड), मोबाइल बैंकिङ सेवा (Smart Banking), अन्तर बैंक भुक्तानी सेवा (Smart Pay), QR भुक्तानी सेवा (Smart QR), तथा मर्चेन्ट व्यवस्थापन सेवा (Smart MMS) मा प्राप्त उपलब्धिहरू र भविष्यका रणनीतिहरूको जानकारी दिइयो।
कार्यक्रममा संस्थाले हालै निर्माण गरेका नविनतम सेवाहरू Smart QR Soundbox र SCT Hub को प्रत्यक्ष प्रदर्शन समेत गरिएको थियो।
SCT का चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर, श्री रजिम अलि मियाले Smart QR Soundbox को प्रयोग र कार्यप्रणाली बारे जानकारी दिनुभयो।
Smart QR Soundbox मार्फत मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानी विवरण सुन्न सक्नेछन् र Wi-Fi वा सिम कार्डमार्फत नेटवर्कसँग जडान गरेर भुक्तानी भएको रकमबारे तुरुन्तै जानकारी प्राप्त गर्न सक्नेछन्।
साथै, SCT Hub स्मार्ट च्वाईस टेक्नोलोजिजले सदस्य बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्माण गरेको नविनतम प्रबिधि हो।
यस मार्फत बैंक तथा वित्तीय संस्थाहरूले ATM व्यवस्थापन, कार्ड व्यवस्थापन, विवाद व्यवस्थापन, सतर्कता व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापन, रिपोर्ट जेनरेसन लगायतका विभिन्न सेवा एकै ठाँउबाट प्राप्त गर्न सक्नेछन्।
स्मार्ट च्वाईस टेक्नोलोजिजको २४औं वार्षिकोत्सवले संस्थाको प्रबिधि नवप्रवर्तन र भविष्यमा बैंकिङ सेवामा आधुनिक समाधान ल्याउने प्रतिबद्धतालाई उजागर गरेको छ।