सानिमा बैंकको २१औं साधारणसभा सम्पन्न
३ कात्तिक २०८२, काठमाडौं ।
सानिमा बैंक लिमिटेडले २०८२ कार्तिक २ गते आइतबारका दिन २१औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूजीँको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
संस्थापक शेयरधनीहरुको तर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाख २१औं वार्षिक साधारणसभाबाट निर्बिरोध निर्वाचित हुनुभएको छ ।
आर्थिक बर्ष २०८१/८२ मा रु. २.५७ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २६३.५५ अर्ब, कुल निक्षेप रु. २२५.४८ अर्ब तथा खुद कर्जा सापटी रु १८३.४५ अर्ब रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १३.०९, ११.२२ र १२.७० प्रतिशतले बृद्धि गरेको छ ।
बैंकको वित्तीय परिसूचक (असार मसान्त २०८२)
Non-Performing Loan | 3.01% |
Capital Fund to RWA | 13.01% |
Liquidity | 30.95% |
Credit to Deposit Ratio (Monthly Average) | 81.03% |
For more: Sanima Bank’s 21st AGM Approves