सानिमा बैंक र दराजको सहकार्यमा ‘दराज ११.११’ क्याम्पेन: डेबिट/क्रेडिट कार्ड प्रयोगमा विशेष छुट

Sanima Bank with DARAZ
Share It On:

२६ कात्तिक, काठमाडौं । 

सानिमा बैंकले “दराज ११.११” क्याम्पेनका लागि सहकार्य गरेको छ।

सानिमा बैंकले ग्राहकहरूका लागि दराज “दराज ११.११” क्याम्पेनमा विशेष छुट प्रदान गरेको छ।

क्याम्पेन अवधिमा बैंकका डेबिट कार्ड प्रयोगकर्ताले १५% वा अधिकतम रु २,०००/- सम्मको छुट र क्रेडिट कार्ड प्रयोगकर्ताले २०% वा अधिकतम रु २,५००/- सम्मको छुट प्राप्त गर्न सक्नेछन्। यो छुट “फर्स्ट कम, फर्स्ट सर्भ” आधारमा प्रदान गरिनेछ।

ग्राहकहरूले दराज प्लेटफर्मबाट बैंकको भौचर सङ्कलन गरी छुट प्राप्त गर्नुपर्नेछ। साथै, क्रेडिट कार्ड प्रयोगकर्ताहरूले पनि आफ्नो खरिदलाई वार्षिक १३% ब्याजदरमा २४ महिना सम्मको अवधि सम्मको समान मासिक किस्ता (ईएमआई) मा परिवर्तन गर्न सक्नेछन्।

क्याम्पेन २०२४ नोभेम्बर ११ देखि २२ तारिखसम्म १२ दिनको लागि सञ्चालन गरिनेछ।

यसै गरी, बैंकले ग्राहकहरूलाई डिजिटल प्लेटफर्महरूबाट अधिकतम भुक्तानी गर्न प्रोत्साहित गर्न विभिन्न छुट र अफरहरू प्रदान गरिरहेको छ।  सानिमा बैंकले नेपालभरका ७ वटै प्रदेशहरूमा १३३ वटा शाखा कार्यालय र १२४ वटा एटीएम नेटवर्कबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

For more: Sanima Bank with DARAZ


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *