सानिमा बैंकको अनलाइन e-Com कार्ड Top-Up सुबिधा

Sanima Bank USD e-Com VISA
Share It On:

२ साउन, काठमाडौं।

सानिमा बैंकले e-Com भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइन मार्फत कार्डमा Top-Up गर्न मिल्ने सुबिधाको सुरुवात गरेको छ ।

e-Com भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट Sanima USD e-Com भिसा कार्डमा Top-Up गर्न सक्नेछन् ।

ग्राहकहरुले सानिमा सजिलो ईबैकिङ्ग एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस अन्तर्गतको कार्ड सर्भिसबाट (e-Com online payment) मा आफ्नो विवरणहरु राखेर Top-Up गर्न सक्नेछन् ।

ग्राहकहरुले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध  राखेर Top-Up को प्रकिया अगाडि बढाउन सक्नेछन् ।

साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको One Time Password (OTP) राखे पश्चात् कार्डमा तुरुन्तै Top Up हुनेछ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।

For more: Sanima Bank USD e-Com VISA Card 


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *