सानिमा बैंकका ग्राहकहरुलाई बससेवाबाट टिकट खरिद गर्दा आकर्षक क्यासब्याक

Sanima Bank Customer Cashback BusSewa
Share It On:

१६ भदौ, काठमाडौं।

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बससेवासँग आकर्षक क्यासव्याकको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत ग्राहकहरुले सानिमा भिसा डेबिट/क्रेडिट कार्ड मार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट नेपालभरिको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम रु.२०० सम्म र भारतको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम रु.४०० सम्मको क्यासव्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०८२ भाद्र १५ देखि २०८२ फाल्गुन १४ गतेसम्मका लागि लागू हुनेछ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

छुटको विस्तृत विवरण बैंकको वेबसाइट मा उपलब्ध छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।

For more: Sanima Bank Customers Cashback BusSewa


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *