सानिमा बैंकका ग्राहकहरुलाई चिरायु नेशनल अस्पतालमा छुटको व्यवस्था

Sanima Bank Chirayu Discount
Share It On:

९ भदौ, काठमाडौं ।

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बसुन्धारा, काठमाडौंस्थित चिरायु नेशनल अस्पतालसंग छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग मार्फत डिजिटल भुक्तानी गर्दा वेड र डाइग्नोस्टिक शुल्क तथा फामेर्सीको बिलमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।

For more: Sanima Bank Chirayu Discounts


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *