सानिमा बैंकले दशैँ बिदामा खुला रहने शाखाहरूको सूची सार्वजनिक

Sanima Bank Branches Open Dashain
Share It On:

२३ असोज, काठमाडौं ।

सानिमा बैंकले दशैँको बिदाका दिन खुला रहने शाखा कार्यालयहरूको सूची सार्वजनिक गरेको छ। बैंकले असोज २४ गते (फुलपाती), असोज २५ गते (महाअष्टमी र महानवमी), असोज २७ गते (एकादशी) र असोज २८ गते (द्वादशी) समेत सेवा दिने भएको छ।

बैंकका अनुसार असोज २४ गते २९ वटा शाखा, असोज २५ गते नक्साल शाखा, असोज २७ गते २५ वटा शाखा, र असोज २८ गते ३० वटा शाखाबाट सेवा प्रदान गरिनेछ। यी दिनमा बैंक बिहान ११ बजे देखि अपरान्ह २ बजेसम्म खुला रहनेछ। असोज २६ गते भने दशैँको मुख्य दिन सबै शाखा बन्द रहनेछन्।

यो सेवाले दशैँ बिदाको समयमा पनि ग्राहकहरूको बैंकिङ आवश्यकताहरूलाई पुरा गर्न मद्दत पुर्याउनेछ।

For more: Sanima Bank Branches Open Dashain 2081


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *