सानिमा बैंक र आईएमएस ग्रुप बीच ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता
असार १८, २०७७
सानिमा बैंक लि. र आईएमएस ग्रुप बीच बैंकका ग्राहकहरुलाई विभिन्न सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका ग्राहकहरुले आईएमएस ग्रुपको काठमाडौं कमलपोखरी स्थित सिटी सेन्टर र दरबारमार्ग स्थित वन दरबारमलमा रहेको आईएमएस लिटल स्माइल्स स्टोरबाट डेबिट क्रेडिट कार्ड प्रयोग गरी ड्रोन, गिम्बल, ह्युमिडिफायर, पावर बैंक, बेबि प्रोडक्टस आदी खरिद गर्दा ५% छुट प्राप्त गर्न सक्नु हुनेछ। साथै क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई १८ महिना सम्मको मासिक किस्ताबन्दी (ईएमआई) सेवा पनि उपलब्ध रहेको छ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस ग्रुपका तर्फबाट ग्रुपका अध्यक्ष तथा निर्देशक डिकेस मल्होत्राले हस्ताक्षर गर्नुभयो।

 
                                                                    
 
                                                                     
                                                                    