सानिमा बैंकद्वारा सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

Sanima Bank Accident Insurance Claims
Share It On:

२१ असोज, काठमाडौं । 

सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला भीम प्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको हो ।

सानिमा बैंकको तर्फबाट विर्तामोड शाखाका शाखा प्रबन्धक माधव प्रसाद वाग्ले र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेतीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् ।

दुर्घटनाका कारण मृत्यु भएका श्री भीम प्रसाद निरौलाले सानिमा बैंकको विर्तामोड शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए ।

सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाख सम्मको १३ घातक रोगहरुको उपचार बीमा, रु. १० हजारसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा र रु. ५० हजारको आवधिक जीवन बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

For more: Sanima Bank Accident Insurance Claim


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *